Follow us:
Anju Panta Foundation
  • Home
  • About
  • Events
  • Donation List
  • Contact

भ्रामक समाचार प्रति अञ्जु पन्त फाउन्डेसनको ध्यानकषर्ण

8/1/2020

0 Comments

 
Picture
मिति: ३१ जुलाइ २०२०
प्रेस विज्ञप्ती
अन्जु पन्त फाउण्डेसन नेपाल र अमेरिकामा विधिवत् रूपमा दर्ता भई निरन्तर समाज सेवामा लागिरहेको सामाजिक संस्था भएको कुरा सर्वविदितै छ । यो कुनै धार्मिक संस्था नभएर एक विशुद्ध समाजिक संस्था हो ।
केही दिन यता सामाजिक सञ्जाल तथा केही अनलाइन पत्रिकाहरूमा फाउण्डेसनको नाम जोडी केही भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्री प्रकाशन भएको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । यसबाट हाम्रा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा भ्रम पर्न गएको महसुस भएकाले संस्थाका कार्यक्रम र योजनाको विषयमा जानकारी गराउनु उचित ठानेका छौँ ।
यस संस्थाले पर्सा जिल्लाको पटेर्वाका पैँतिस घर निर्माणको परियोजना अन्तर्गत निरन्तर सहयोग जुटाउने र कार्य अघि बढाउँदै आएको र यस परियोजनाका लागि हालसम्मका लागि प्राप्त भएको रकम र दाताहरूको नाम रेकर्ड सुरक्षित राखिएको र प्राप्त भएको रकम संस्थाको बैंक खातामा रहेको समेत जानकारी गराउन चाहन्छौँ ।
उक्त परियोजनाका आवश्यक पर्ने रकम जम्मा भइ नसकेको भएता पनि यस संस्थाको तर्फबाट कानुनी प्रक्रियाहरू अघि बढाइसकेको, इन्जिनियरबाट नक्सा समेत तयार गरिसकिएको र बस्ती निर्माणको कार्य शुरु गर्ने तयारी गर्दा गर्दै कोरोनाको कहरले विश्व नै प्रभावित भई करिब तीन महिनाभन्दा बढी नेपालमा लकडाउनको कारणले बाहिरसमेत निस्कन नसक्ने अवस्था भयो ।
त्यस बेलामा पनि दुखमा परेकाहरूको अवस्था टुलुटुलु हेरेर बस्न सकिएन । आवश्यक ठाउँमा खाना खुवाउने र राहत वितरण गर्ने कार्यमा फाउण्डेसन लागेको थियो । जसको लागि बस्तिका लागि संकलन गरिएको रकमबाट खर्च गरिएन ।
हाल लकडाउन खुले पनि कामहरू अघि बढाउने अवस्था अझै भइसकेको छैन । यसकारण हामीले चाहेर पनि स्थिती सामान्य नहुन्जेल सम्मका लागि यो परियोजनाका कामहरू रोकिएका छन् । यस संस्थाले निरन्तर आफ्नो तर्फबाट गर्न सक्ने प्रयासहरू गरिरहेको र यो परियोजना भविश्यमा पूरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर गर्दै कुनै पनि कपोकल्पित तथा भ्रामक कुराहरूको सामाजिक सञ्जाल वा कुनै सञ्चार माध्ययममा प्रचार प्रसार नगरिदिनहुन अनुरोध समेत गर्दछौँ ।
कृपया संस्थाको आधिकारिक वेबसाइट (www.anjupanta.org) बाट जानकारी लिनुहोला । अन्य थप जिज्ञासा भएमा त्यहाँ रहेको नम्बर वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ । आगामी दिनमा पनि यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्ण दाताहरूमा विश्वस्त रहन आह्वान समेत गर्दछौँ । 
सुरेश वाग्ले , (प्रेसिडेन्ट) , अन्जु पन्त फाउन्डेसन, अमेरिका                                                                                                                                                                                                                     
अन्जु पन्त, (अध्यक्ष ), अन्जु पन्त फाउन्डेसन, नेपाल 
                                                                                         
0 Comments

लकडाउनमा पनि प्रेमपूर्वक साथ र सहयोग गर्दै  अन्जु पन्त फाउण्डेसन

7/1/2020

0 Comments

 
​लकडाउनमा पनि प्रेमपूर्वक साथ र सहयोग गर्दै  अन्जु पन्त फाउण्डेसन
रेकर्डिष्ट दाजुभाइहरूलाई सहयोग गर्नु हुँदै गायिका अन्जु पन्त
0 Comments

लकडाउनमा सडकमा खाना बाड्दै गायिका अन्जु पन्त

5/9/2020

0 Comments

 
Picture
काठमाडाैं- करिव डेढ महिना लामो लकडाउनको कारणले समस्यामा परेका विभिन्न समुदायका एक हजार मानिसहरुलाई अन्जु पन्त फाउन्डेसनद्वारा खाना वितरण गरिएको छ।
काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार फाउण्डेसनद्वारा खाना वितरण गरिएको थियो । फाउण्डेसनका अध्यक्ष लोकप्रिय गायिका अन्जु पन्तले समस्यामा परेका मानिसहरुमाझ आफै उपस्थित  भएर खाना वितरण गरेकी हुन्।
बौद्ध जोरपाटीबाट सुरु गरि भएको वितरण कार्यक्रम बीर अस्पताल नख्खु हुँदै फर्सीडोल ललितपुरको एक इटाभट्टामा रहेका मजदुरहरुलाइ वितरण गरिए थियाे।
काेराेना भाइरस प्रकाेप र देशकाे यस कठिन परिस्थितीमा गायिका अन्जु पन्तको हातबाट खाना पाउँदा समुदायका मानिसहरुले खुशी व्यक्त गरेका थिए।
 ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो तर बिभिन्न ठाउँमा मानिसहरु भोकै हुनुहुन्छ भन्ने सुनेपछि  चुप लागेर बस्न नसकेर आफै खाना वितरणकालागि बाहिर निस्किएकी हुँ,’ उनले भनिन् ‘ अहिलेको अवस्था सहज छैन सम्पूर्ण विश्व नै कोरोनाको कहरमा छ तरपनि हामी सबैले नआत्तिई धैर्य गर्नुपर्छ, सँधै यस्तै हुदैन, रातपछि दिन आउँछ अवश्य विस्तारै सबकुरा ठिक हुनेछ संयम रहनुहोस्।’
 फाउन्डेसनले विगत केही वर्षयता  विभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आएकाे छ।
Donate now with gofundme
​
Picture
Picture
Picture
Picture
0 Comments

‘अन्जु पन्त फाउन्डेसन’द्वारा झापामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

1/14/2019

1 Comment

 
Picture
गायिका पन्तले यस्तो विशुद्द समाजिक सेवामा लाग्दा पनि आफूलाई कुनै कतैबाट धर्म प्रचारका लागि परिचालित भएको आरोपहरू लाग्ने गरेकोमा दुख व्यक्त गर्दै यस्तो मनगणन्ते आरोपहरू बन्द गर्न आग्रह गरेकी छिन्।
​

‘अन्जु पन्त फाउन्डेसन’द्वारा न्यानो कपडा वितरण तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
झापा जिल्लामा नेपालकै लोपोन्मुख हुँदै गएको जातीहरूमध्य गनगाइ, सन्थाल, ताजपुरिया, उराँव र हाडी जातीका बालबालिकाहररू झापा गाउँपालिका वडा न ३ गैरी गाउँको नमुना प्रा ,बि, स्कुलमा पढ्न उत्साहित भएकोमा थप उत्साहका लागि ‘अन्जु पन्त फाउन्डेसन’द्वारा प्रमुख अतिथि अन्जु पन्तले विधालयलाई २ थान कम्पुटर र १५० स्कुले बालबालिकालाइ न्यानो कपडा बितरण गर्ने सेवाको काम सम्पन्न भयो । कार्यक्रममा वितरण गरिएको २ थान कम्प्युटर अरुण गिरीबाट प्राप्त भएको थियो ।
गायिका पन्तले यस्तो विशुद्द समाजिक सेवामा लाग्दा पनि आफूलाई कुनै कतैबाट धर्म प्रचारका लागि परिचालित भएको आरोपहरू लाग्ने गरेकोमा दुख व्यक्त गर्दै यस्तो मनगणन्ते आरोपहरू बन्द गर्न आग्रह गरेकी छिन्। उनले भनिन्, “यो हिर्दयभरीको प्रेम मात्रै हो कसैले कसैको धर्म परिवर्तन गरेर परिवर्तन नहुने कुरा स्पस्ट छ ।”
गायिका पन्तले अब फाउण्डेसन पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका स्थित मोर टोलका दयनीय अवस्थामा रहेका वासिन्दाहरूका लागि ३५ घर बनाउने अभियानमा लाग्ने जानकारी गराइन् । यो अभियानका लागि ‘अन्जु पन्त फाउण्डेसन’ अमेरिकामा पनि दर्ता गरिएको जानकारी गराउँदै पन्तले भनिन्, “केही मायाको चिनोहरू त म एक्लै दिन सकौँला तर यो ठूलो योजनाका लागि मलाई सबैको साथ र सहयोगको आवश्यकता छ ।”

​
Picture
Picture
1 Comment

तराईमा चिसो बढेसँगै न्यानो बाढ्दै अन्जु पन्त

12/7/2018

0 Comments

 
Picture
तराइका अधिकांस जिल्लाहरूमा चिसो बढेसँगै प्रत्येक बर्ष सितलहरले जनजीवन अस्तव्यस्त बन्ने गरेको छ। यो समस्यालाई केही हदसम्म न्युनीकरण हुन सकोस् भन्ने उदेश्यले यतिबेला ‘अञ्जु पन्त फाउन्डेसन’ले न्यानो कपडा वितरण गरिरहेको छ।
चर्चित गायिका अञ्जु पन्तको अध्यक्ष्यतामा स्थापना भएको संस्थाले विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा न्यानो कपडासहित वालवालिकाहरुलाई अध्ययन सामाग्री वितरण गरिरहेको हो। यसैअनुरुप संस्थाले बुधबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिको स्थित बेलुवा गाँउमा ५० परिवारलाई न्योनो सिरक वितरण गरेको छ।


चमार जातीको बाहुल्यता भएको उक्त गाँउमा गरिवीका कारण जाडोमा पनि न्यानो कपडा किन्न नसकी रातभरी आगो तापेर बस्न पर्ने बाध्यतालाई न्युनीकरण होस भनी संस्थाले सहयोग गरेको गायिका अञ्जु पन्तले जानकारी दिइन्।
यसअघि संस्थाले आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकारलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यले झोला, कापी, पेन्सील, इरेजर, चक्लेटलगायतका सामाग्री वितरण गरेको थियो। सोमवार पर्सा जिल्लाको महुवन रामनगरीया अपांग आश्रमका २० अपांगहरुलाई न्योनो कपडा (सिरक, व्ल्याङ्केट) लगायतका सामाग्री वितरण गरिएको थियो।


यसै गरी मंसिर १५गते मकवानपुर खैराङका १ सय चेपाङ बालबालिकालाई सय थान स्कुल ब्याग र ४ सय ७० कपी, पेन्सिल लगायतका स्टेसनरी समान बितरण गरिएको थियो। यस्तै फाउण्डेसनले मंसिर १८ गते नै सर्लाहीको चन्द्रनगर गाउपालिका २ मुसहरी टोलमा ५५ जना मुसहर वालवालिकाहरूलाई स्कुल ब्याग २ सय २० थान, कापी ५५ थान पेन्सिल कटर इरेजरलगाएत स्टेसनरी समानहरू वितरण गरेको थियो।
Picture
Picture
0 Comments
    Donate now

    Archives

    August 2020
    July 2020
    May 2020
    January 2019
    December 2018

    Categories

    All
    Rahat Bitaran

    RSS Feed

Picture
Donate
Picture

    Connect with us

Subscribe to Newsletter
Contact Info

Email: anjupantafoundation@gmail.com
Corporate offices
Anju Panta Foundation


Lalitpur, Nepal
​Phone: 
9845-215718 (Nepal)


USA Office: 
Anju Panta Foundation INC
386 Washington Street,
​Boston, MA 02135

Phone
: (646) 643-2236 (USA)
Email: 
​
anjupantafoundation@gmail.com
Copyright © 2020 ANJU PANTA FOUNDATION INC
​​​
 Website by Suresh Wagle